नेभिगेशन
राजनीति

स्थानीय तह उपनिर्वाचन : सकियो मतदान, ६२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

काठमाडौं - स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आइतबार भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार ६२ प्रतिशत मतदान भएको प्रारम्भिक रिपोर्ट सम्बन्धित पालिकाहरूबाट आएको छ ।

आयोगका अनुसार काठमाडौं वडा नम्बर १६ मा ५० प्रतिशत मात्रै मत खसेको छ ।

बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगकी प्रवक्ता नीता पोख्रेल अर्यालले बताइन् ।

नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ सहित ४१ पदका लागि मतदान भएको थियो । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्रगरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धी छन्  ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति