नेभिगेशन
समाज विविध

१२ करोड बढीको छपाइ प्रज्ञा छापाखानाबाटै गर्ने

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालय  अन्तर्गतका सबै निकायका छपाई अब प्रज्ञा छापाखानाबाट गर्ने निर्णय गरेको छ ।

आइतबार मन्त्रालयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकले  मन्त्रालय अन्तर्गतका निकायहरू र  यस मन्त्रालय सम्बद्ध निकायहरूबाट गरिने छपाई सम्बन्धी कार्यहरू नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा छापाखानाको अधिकतम क्षमताले भ्याएसम्म सोही छापाखानाबाट मात्र छपाई गर्ने निर्णय गरेको हो  ।

बैठकले प्रज्ञा छापाखानाको क्षमता अनुरूप गर्न सकिने छपाइका कार्यहरूको विवरण सहितको जानकारी र प्रतिष्ठानको छपाई सम्बन्धी कार्यविधि उल्लेखित सबै निकायहरूलाई प्रतिष्ठानले लेखी पठाउने निर्णय गरेको छ ।

मन्त्रालयको यो निर्णयसँगै हाल कुल सञ्चालन क्षमताको १५ प्रतिशत मात्र सञ्चालित छापाखाना पूर्ण क्षमतामा  सञ्चालनमा आउने छ ।

यो निर्णयपछि वार्षिक रूपमा १२ करोड रुपियाँ बढीको छपाइ प्रज्ञा छापाखानाबाटै हुने छ भने राज्यको तीनदेखि चार करोड जोगिने बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध