Nic Ad Nic Ad
Nic Ad Nic Ad

मन्त्रिपरिषद् बैठकमा बीआरआई बारे छलफल जारी

आइतबार, मंसिर १६, २०८१

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद् बैठक जारी रहेको छ ।

भोली देखी सुरु हुन लागेको चीन भ्रमणको पूर्व सन्ध्यामा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार आइतबार साँझ ५ बजे बस्ने गरी बैठक बोलाएका थिए ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ ।

बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण र नेपालले तय गरेका एजेन्डाका बारेमा छलफल हुनेछ । चीनसँग हुन गइरहेको बीआरआई सम्झौताका बारेमा पनि छलफल हुने बुझिएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १९:२७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार