नेभिगेशन
राजनीति

कीर्तिपुरमा वडाध्यक्षको पछि मात्रै मेयर पदको मतगणना हुने

काठमाडौं- कीर्तिपुर नगरपालिकामा ६८ दशमलव ६६ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगको विवरण अनुसार ३१ हजार ११२ मतदातामध्ये २१ हजार ३६२ मत खसेको हो ।

कीर्तिपुरमा मेयर पदमा र वडा नम्बर १ र ४ मा वडाध्यक्ष पदमा उपनिर्वाचन भएको थियो । कीर्तिपुरमा पहिले वडाध्यक्षको र त्यसपछि, मात्र मेयर पदको मतगणना सुरु हुने छ । वडाको मतगणना सुरु गर्नुअघि ८ बजे सर्वदलीय बैठक बोलाइएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा भने ५० प्रतिशत मात्र मत खसेको छ ।

काठमाडौंको वडानम्बर १६ मा २१ हजार २५ मतदातामध्ये १० हजार ५३९ जनाले मात्र मतदान गरेको निर्वाचन आयोगले जनाएको छ । त्यहाँको मतगणना आजै सुरु गर्ने तयारी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति