Nic Ad Nic Ad
Nic Ad Nic Ad

सञ्चारमन्त्री गुरुङको दाबी- ढुक्क हुनुहोस्, सरकार दायाँबायाँ हुँदैन

आइतबार, मंसिर १६, २०८१

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार राजनीतिक स्थायित्वका साथै संघीयताको सबलीकरणका लागि आवश्यक सुधारमा कटिबद्ध भएर लागिरहेको बताएका छन् ।  

काठमाडौँमा आज आयोजित एक कार्यक्रममा उनले विगतमा देखिएका समस्या र चुनौतीहरूको व्यवस्थापन, राजनीतिक परिस्थितिलाई सम्हाल्दै सरकार अगाडि बढिरहेको बताएका हुन् ।

मन्त्री गुरुङले वर्तमान गठबन्धन सरकार देशलाई नयाँ दिशा दिने गरी नीतिगत सुधारदेखि संस्थागत व्यवस्थापनका काममा कटिबद्ध भए लागिरहेको बताए ।

“यो स्थायी सरकार हो । धेरैले यसको दीर्घायुको बारेमा विभिन्न कुरा गरिरहेको सुन्छु तर ढुक्क हुनुहोस्, यो सरकार दायाँबायाँ हुँदैन । देशलाई नयाँ दिशा दिएरै छोड्छ”, उनले भने,“राज्यको पुराना नीति परिमार्जन, डिजिटल माध्यमबाट तीन वर्षमा करिब तीन लाख युवालाई रोजगारी, संघीयतालाई मसिनो ढंगले विस्तार, वन, प्रहरी, निजामती सेवालगायत ऐनलाई आवश्यक परिमार्जन गर्ने काममा सरकार लागिरहेको छ ।”

मन्त्री गुरुङले विकासका लागि  तीन खर्ब मात्रै बजेट छुट्ट्याइएको अवस्थामा पनि पुँजीगत खर्च गर्न नसक्नु विडम्बना भन्दै अब सरकारले खर्चमा जोड दिने र त्यसका लागि नीतिगत र कानुनी सुधार गरिनेसमेत बताए । 

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  २०:१०
प्रतिक्रिया दिनुहोस्