Nic Ad Nic Ad
Nic Ad Nic Ad

तिलागुफा-४ को वडाध्यक्षमा नेमकिपाका शाही विजयी

आइतबार, मंसिर १६, २०८१

कालीकोट - कालीकोटको तिलागुफा-४ को वडाध्यक्षमा नेमकिपाका खडकराज शाही विजयी भएका छन् । उनले माओवादी केन्द्रकी नैशोभा शाहीलाई २८ मतान्तरले पराजित गरेका हुन् ।

२०७४ मा पनि वडाध्यक्ष जितेका खडक नेमकिपा जिल्ला अध्यक्षसमेत हुन् । 

विजयी भएका खड्कले १ सय ४३ मत पाए भने माओवादीबाट चुनाव लडेकी तत्कालीन वडाध्यक्ष परबहादुर शाहीकी पत्नी नैशोभाले १ सय १५ मत पाइन् ।

एमालेका ऐनबहादुर शाहीले ७८, नेपाली काँग्रेसका पैलबहादुर शाहीले ४९ मत पाए भने राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले समान १५/१५ मत मात्र पाए । ४ मत बदर भए । राप्रपा र रास्वपार्टीका उम्मेदवारको जमानत जफत भएको छ ।

२०७९ मा माओवादी, एमाले, काँग्रेसको गठबन्धन गरेर माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष परबहादुर शाहीलाई मलामी गएको अवस्थामा ०७९ असोज २३ गतेको पहिरोले बेपत्ता बनाएपछि उपचुनाव भएको हो ।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  २०:११
प्रतिक्रिया दिनुहोस्