रौतहटको इशनाथ–५ कांग्रेसका शेख अब्दुल विजयी
रौतहट - रौतहटको इशनाथ नगरपालिका वडा नं मा ७ मा काँग्रेसका शेख अब्दुल खलिक विजयी भएका छन् ।
निर्वाचन आयोगका अनुसार खलिक ६२७ मतसहित विजयी भएका हुन् ।उ नका निकटतम प्रतिस्पर्धी माओवादीका शेख अनवरले ५७५ मत ल्याएका छन् ।
तेस्रो स्थनामा नेकपा एकीकृत समाजवादीका सदरे अलामले ४५२ मत पाएका छन् । यहाँ २०७९ को निर्वाचनमा नेकपा एमालेका शेखखली उल्लाह विजयी भएका थिए ।
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१ २२:४७
प्रतिक्रिया दिनुहोस्