काठमाडौ १६ - रास्वपाकी रोजिनाको अग्रता कायमै, कसको कति ?
काठमाडौं - काठमाडौं महानगरपालिका–१६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रोजिना श्रेष्ठले सुरुबाटै अग्रता कायम गरिरहेकी छन् ।
१० हजार ५५८ मध्ये ९हजार १७६ मत गणना गर्दा उनले २ हजार ५४१ मत पाएकी छन् । उनलाई कांग्रेसले पच्छाइरहेको छ ।
कांग्रेस उम्मेदवार देवेन्द्र पाठकले १ हजार ९३९ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा नेकपा एमाले रहेको छ । यहाँ एमालेका उम्मेदवार लक्ष्मी रत्न तुलाधरले १ हजार ९१० मत प्राप्त गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का श्याम कृष्ण श्रेष्ठले ७२० मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीका मीन बहादुर मानन्धरले १ हजार ११ मत पाएका छन् । ०७९ को निर्वाचनमा यहाँ कांग्रेसले जितेको थियो ।
अहिले सम्म २१ ओटा बक्सा गनिसकेको र अब ३ ओटा बक्सा गणना गर्न बाँकी छ । १ हजार ३८२ मत गणना गर्न बाँकी रहँदा रास्वपा रोजिना कांग्रेस उम्मेदवार देवेन्द्र भन्दा ६०२ मतले अघि छन् ।