एनपीएल : १० ओभर सकिँदा चितवनको ५ विकेट ढल्यो, ७२ रन
काठमाडौं– पावर प्लेमा राम्रो खेलेको चितवन राइनोजको १० ओभरमा ५ विकेट गिरेको छ।
यस अवधिमा उसले ७२ रन बनाएको छ।
पावर प्लेको चौथो ओभरको सुरुको बलमा नै शाहब आलमले चितवनको विकेट लिएका थिए। काठमान्डु गुर्खाजको बलिङमा राम्रो कमब्याक भएको विश्लेषण गरिएको छ।
११२ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो इनिङ्स खेलिरहेको छ।
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१ ११:४०
प्रतिक्रिया दिनुहोस्