नेभिगेशन
राजनीति

दोलखाको गौरीशंकरमा मतगणनाको तयारी, सर्वदलीय बैठक जारी

काठमाडौं– दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षका लागि आइतबार भएको उपनिर्वाचनको मतगणना हुन सकेको छैन ।

भौगोलिक विकटताका कारण मतपेटिका ल्याउन समय लागेकाले भर्खरै मात्र सर्वदलीय बैठक बसिरहेको छ। हिउँ परेर राति नै मतपेटिका ल्याउन नसकेका कारण आज बिहान ८ बजे मात्रै मतपेटिका मतगणनास्थलमा आइपुगेको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए ।

आज नै मतगणना सकिने जिल्ला निर्वाचन कार्यालय दोलखाले जानकारी दिएको थपलियाको भनाइ छ । उपाध्यक्षका लागि कांग्रेसबाट पासदिकी तामाङ, माओवादीबाट निम लेकी शेर्पा, एमालेबाट उमा लुङ्गेली मगर शेर्पालगायत प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति