स्थानीय तह उपनिर्वाचन मत परिणाम रुझानले भन्छ– रास्वपामा दम छैन, एमाले खस्कियो
काठमाडौं– स्थानीय तहको उपनिर्वाचनको मत परिणाम आउने क्रम जारी छन्। पहिलो ३७ स्थानको मत परिणामको रुझानले नयाँ र बैकल्पिक भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा दम नभएको देखाउँछ।
यो परिणामको रुझानले तल्लो इकाईसम्म संगठन बनाएको एमालेलाई खस्काएको छ भने नेपाली कांग्रेस बलियो बनेको छ। एमालेको तुलनामा माओवादीको सांगठनिक संरचना बलियो बनेको र विश्वासयोग्य रहेको भन्ने परिणामको रुझानले स्पष्ट देखाउँछ।
कांग्रेसले १८ स्थानमा जित निकालेको छ। रोल्पा रून्टीगढी गाउँपालिका–४ को वडाध्यक्षमा भूपमणि पुन मगर, दार्चुलाको दुहुँ–५ मा वडाध्यक्ष –धनसिंह कुँवर, जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्ष –खम्बबहादुर सिंह, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ को वडाध्यक्ष –मोतिराम खत्री कांग्रेसका बिजयी उम्मेदवार हुन्।
यसैगरी बर्दियाको ठाकुरबाबा नगरपालिका–४ को वडा वडाध्यक्ष –अमिन थारू, डोटीको पूर्वीचौकी गाउँपालिका–६ को वडाध्यक्ष –मोहन थापा, रौतहटको ईशनाथ नगरपालिकाको–७ को वडाध्यक्ष –शेख अब्दुल खलिक, गुल्मीको मुसिकोट–१ को वडाध्यक्ष –आनन्द श्रेष्ठ, मकवानपुरको हेटौंडा–१२ को वडाध्यक्ष –अर्जुनप्रसाद तिवारी पनि कांग्रेसका जित निकाल्ने उम्मेदवार हुन्।
यसैगरी, काठमाडौंको कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्ष –इच्छाकुमार महर्जन, रौतहटको राजपुर नगरपालिका–६ को वडाध्यक्ष –समसे आलम, बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्ष –धिरेन्द्र पुजारा, तेह्रथुमको लालीगुराँस नगरपालिका–८ को वडाध्यक्ष –नगेन्द्र लिम्बू, सुनसरीको गढी गाउँपालिका–६ को वडाध्यक्ष –तेतर साहु, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्ष –प्रकाश चन्द, काठमाडौंको कीर्तिपुर नगरपालिका–४ को अध्यक्ष –राजेन्द्र बानियाँको जितले पूर्वदेखि पश्चिमसम्म कांग्रेसलाई बलियो बनाएको छ।
यस्तै माओवादीको पनि बलियो उपस्थिति देखाएको छ। ग्रामथान गाउँपालिका अध्यक्ष नै माओवादीले जितेको छ। अध्यक्ष नमो नारायण माझी, जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा देवका लामिछाने, गोरखाको गोरखा नगरपालिका–५ को वडाध्यक्ष –विष्णुबहादुर मगर, नुवाकोटको ककनी गाउँपालिका–२ को वडाध्यक्ष –कृष्ण घिमिरे, उदयपुरको त्रियुगा नगरपालिका–१२ को वडाध्यक्ष –नविनकुमार वान्तवा राई, धनुषाको धनुषाधाम नगरपालिकाको–१ को वडाध्यक्ष –सुनिल कुमार केवट, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्ष –नरबहादुर झाक्री, रोल्पाको पुथा उत्तरगंगा–२ को वडाध्यक्ष –जगत घर्ती (निर्विरोध) माओवादीले पायो।
यसले माओवादीको संगठन थप सुधार भएको स्पष्ट खाका देखाउँछ।
एमालेको भने अवस्था कमजोर रहेको चित्र आएको छ। एमालेले ओखलढुंगाको मोलुङ गाउँपालिकाको–५ को वडाध्यक्ष –गंगाबहादुर तामाङ, दैलेखको दुल्लु नगरपालिका–५ को वडाध्यक्ष –लालबहादुर शाहीलाई जितायो।
यस्तै, महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को अध्यक्ष –सकिबुल खाँ, ताप्लेजुङको सिरिजंघा–३ को वडाध्यक्ष –कुमारी सावादेन, कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ को अध्यक्ष –मोहम्मद ताहिर मुसलमान, दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष –जंगबहादुर शाही, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष –सुलोचना भण्डारी एमालेका बिजयी उम्मेदवार हुन्।
एउटा गाउँपालिका अध्यक्ष जित निकाले पनि संगठनात्मक रुपमा एमालेलाई क्षति भएको स्पष्ट छ।
नेकपा एसले रौतहटको गढीमाई नगरपालिका–८ को वडाध्यक्ष –बजरंगीप्रसाद यादवलाई मात्र जिताएको छ।
अहिलेका पुराना दलको विकल्पमा आएको भनी दाबी गरिरहेको रास्वपाको खासै प्रभाव देखिएन। गत निर्वाचनमा समानुपातिकमा १२ लाख मतनजिक पुगेको रास्वपालाई स्थानीय तह उपनिर्वाचनमा जनताले एक ठाउँमा मात्र विश्वास गरे।
काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्ष –रोजिना श्रेष्ठ रास्वपाले जित निकालेकी उम्मेदवार हुन्।
रास्वपाको तुलनामा बरु जसपाले दुई वटा जितेको छ। सप्तरीको डाक्नेश्वरी–४ को वडाध्यक्ष –देवेन्द्रप्रसाद यादव र सप्तरीको डाक्नेश्वरी–१ को वडाध्यक्ष –धिरेन्द्रकुमार शाह जसपाका बिजयी उम्मेदवार हुन्।
नेमकिपाले कालिकोट तिलागुफा नगरपालिक–४ वडाध्यक्ष –खड्गराज शाहीलाई जिताएको छ। झापाको कन्काई नगरपालिका–६ को वडाध्यक्ष –लक्ष्मीप्रसाद ओली स्वतन्त्र उम्मेदवारले जित निकालेका छन्।
यो रुझानले भन्छ– नेपाली कांग्रेस थप प्रभावी र बलियो छ भने एमालेलाई नोक्सान हुने सम्भावना छ। रास्वपाको प्रभाव कसिलो छैन भने माओवादी राजनीतिक रुपमा बौरिन सक्ने अवस्थामा छ।