नेभिगेशन
खेलकुद

एनपीएल रोचक छः जनकपुर बोल्ट्समा ललित चम्किँदैछन्, कर्णालीको पहिलो विकेट् ढल्यो

काठमाडौं– उद्घाटन खेलामा बिराटनगर किङ्सलाई हराएको जनकपुर बोल्ट्सले आफ्नो दोस्रो खेलमा कर्णाली याक्ससँग सुखद सुरुआत गरेको छ। 

उसले ओपनर मध्यका एक देब खनाललाई आउट गरी एक विकेट लिएको छ। ओपनिङमा खनाल शिखर धवनसँगको साझेदारीका लागि आएका थिए। 

बिराटनगरसँग राम्रो प्रस्तुती दिएका ललित राजवंशीले विकेट लिएका हुन्। उनी दोस्रो खेलमा पनि चम्किएका छन्।

यो समाचार तयार पार्दा दुई ओभर कट्दा कर्णालीले जम्मा १० रन एक विकेटको क्षतिमा बनाएको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद