नेभिगेशन
राजनीति

स्थानीय तह उपनिर्वाचनः आफ्नै वडामा पराजित भए प्रकाशमान सिंह, कांग्रेस तेस्रो भयो

काठमाडौं– स्थानीय तहको उपनिर्वाचनका क्रममा काठमाडौं–१६ मा नेपाली कांग्रेसले साख जोगाउन सकेको छैन। 

दिवंगत वडाध्यक्ष मुकुन्द रिजालको परिवारलाई टिकट नदिएर अन्य उम्मेदवार उठाउँदा उक्त वडामा उपप्रधानमन्त्री समेत रहेका कांग्रेस नेता प्रकाशमान

सिंहको नमिठो पराजय भएको छ। 

कांग्रेस तेस्रो भयो। 

रास्वपा उम्मेदवार रोजिना श्रेष्ठ सो पार्टीकी पहिलो स्थानीय जनप्रतिनिधि बनिन्।

काठमाडौंको मुटुमा पर्ने वडाको उपनिर्वाचनलाई दलहरुले प्रतिष्ठाको विषयका रुपमा लिएका थिए। 

२०७४ र २०७९ सालको स्थानीय चुनावमा कांग्रेसका मुकुन्द रिजालले लगातार जित हासिल गरेका थिए।

२०७९ सालमा रिजालले ४ हजार १९ मत ल्याएर वडाध्यक्षमा निर्वाचित हुँदा एमालेका लक्ष्मीरत्न तुलाधरले ३ हजार ३१० मत ल्याएर दोस्रो स्थानमा रहे।
अहिले कांग्रेसले आधा समेत ल्याएन। 

रास्वपाकी रोजिनाले २ हजार ९ सय २ मत ल्याएर विजयी भइन्।

एमालेले पुरानै उम्मेदवार तुलाधरलाई अघि सारेको थियो। उनले २ हजार २ सय २० मत ल्याउँदै दोस्रो स्थानमा उक्लिए। 

कांग्रेस उम्मेदवार देवेन्द्र पाठक २ हजार २ सय १४ मतका साथ तेस्रो स्थानमा खुम्चिएका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति