नेभिगेशन
राजनीति

हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा एमालेकी शाहीको सुरुआती अग्रता

काठमाडौँ- हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षका लागि भएको उपनिर्वाचनमा नेकपा एमालेले सुरुआती अग्रता लिएको छ ।

एमालेकी जाना शाहीले २८६ मतका साथ अग्रता लिइरहँदा माओवादी केन्द्रकी देवकी तिम्सिनाले २२५ मत पाएकी छन् भने काँग्रेसकी सबिता बुढा २०९ मतका साथ तेस्रो स्थानमा छिन् भने राप्रपाकी संगीता शाहीले १९ मत पाएकी छन् ।

२०७९ सालको निर्वाचनमा सर्केगाड गाउँपालिका उपाध्यक्षमा निर्वाचित माओवादी केन्द्रका चन्द्रसिंह बुढाको निधनपछि उपनिर्वाचन भएको हो ।

उक्त चुनावमा काँग्रेसले अध्यक्ष र माओवादी केन्द्रले उपाध्यक्ष लिएर एमालेविरुद्ध गठबन्धन गरेका थिए । यस पटक भने सबै दल एक्ला एक्लै प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति