जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य, एनपीएलमा कर्णाली याक्समा चम्किए कामी र घर्ती
काठमाडौं– कप्तान सोमपाल कामी र अर्जुन घर्तीको साझेदारीको ५६ रनले एनपीएलको तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई कडा चुनौति भएको छ।
१४२ रनको लक्ष्य दिएको कर्णालीले टस जितेर ब्याटिङ रोजेको थियो। अन्तिम दुई ओभरअघि फितलो देखिएको कर्णाली कप्तान सोमपालको प्रवेशसँगै तिव्र गतिमा अघि बढ्यो।
अर्जुन घर्तीले एकै ओभरमा २२ रनसहित ३३ रनको योगदान दिए। एनपीएलमा यो अहिलेसम्मकै ठूलो लक्ष्य हो।
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१ १४:३६
प्रतिक्रिया दिनुहोस्