त्रिपुरासुन्दरी-५ मा माओवादीका झाँक्री विजयी
काठमाडौँ-डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ को वडाध्यक्षमा माओवादी विजयी भएको छ ।
उपनिर्वाचन अन्तर्गत सोमबार सम्पन्न मतगणना अनुसार माओवादीका नरबहादुर झाँक्री विजयी भएका हुन् ।
विजयी भएका झाँक्रीले १६१ मत पाए भने उनका प्रतिस्पर्धी एमालेका नरबहादुर रोकाले ११६ मत पाए । यस्तै तेस्रो भएका नेपाली काँग्रेसका राजेन्द्रप्रसाद न्यौपानेले २१ मत मात्रै ल्याए ।
यो वडामा २०७९ को निर्वाचनमा एमालेका नन्दलाल रोकाले माओवादीका जंगबहादुर रोकायलाई ६ मतान्तरले पराजित गरेका थिए ।
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१ १५:००
प्रतिक्रिया दिनुहोस्