२५ हजार घुस रकमसहित प्रहरी नायव निरीक्षक अख्तियारको नियन्त्रणमा
काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस कमसहित प्रहरी नायव निरीक्षक (सई)लाई नियन्त्रणमा लिएको छ ।
सवारी साधनहरूलाई आवत/जावत गर्न सहजीकरण गरिदिए बापत २५ हजार घुस/रिसवत लिएको आरोपमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख सई ललित कुमार बुढाथोकीलाई अख्तियारले नियन्त्रणमा लिएको हो ।
आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले सई बुढाथोकीलाई सेवाग्राहीबाट पच्चीस हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित रोल्पा नगरपालिका वडा नं. ४ स्थित उनकै निवासबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि आचार्यले जानकारी दिए ।
बुढाथोकीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१ १५:४४
प्रतिक्रिया दिनुहोस्