कीर्तिपुर मतगणना : कांग्रेसको अग्रता कायमै, कसको कति ?
काठमाडौं- कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनमा नेपाली कांग्रेसका कृष्णमान डंगोलले प्रतिस्पर्धीसँग मतान्तर बढाएका छन्।
सोमबार दिउँसो पाँच वटा वडाको मतगणना सकिँदा कांग्रेसका डंगोलले मतान्तर बढाएका हुन्। उनले २९३० मत पाएका छन्।
उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले २३५८ मत पाएका छन्।
उनीहरूबीच ५७२को मतान्तर देखिएको हो।
त्यस्तै नेकपा माओवादी केन्द्र भने तेस्रो स्थानमा छ। माओवादीका उम्मेदवार शिवशरण महर्जनले २१०१ मत प्राप्त गरेका छन्।
उनले नेकपा एमालेका उम्मेदवार मानन्धरसँग मतान्तर घटाउँदै लगेका छन्। उनीहरूबीच २५७ मतान्तर छ। यसअघि उनीहरूबीच करिब ४ सयको मतान्तर थियो।
चौथो स्थानमा स्वतन्त्र उम्मेदवार राजमान महर्जन छन्। उनले १११३ मत पाएका छन्।
स्वतन्त्र उम्मेदवारहरू दिनेशकुमार अधिकारीले ९१७ ल्याउँदा कविकुमार महर्जनले ७०८ मत ल्याएका छन्
अहिले कीर्तिपुरमा वडा नम्बर १, २, ३, ४ र ५को ११ हजार ३४९ मतगणना भएको हो। अब पाँच वटा वडाको मत गणना गर्न बाँकी छ।
वडा नम्बर १ र ४ को उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। वडा नम्बर १ मा कांग्रेसका इच्छाकुमार महर्जन विजयी भएका छन्। यहाँ यसअघि कांग्रेसकै हिरालाल महर्जन विजयी बनेका थिए।
वडा नम्बर ४ मा पनि कांग्रेसका राजेन्द्र बानियाँ विजयी भएका छन्। यसअघि उनी स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारीसँग पराजित भएका थिए।
यसअघि मेयरमा राजकुमार नकर्मी विजयी बनेका थिए।