Nic Ad Nic Ad
Nic Ad Nic Ad

गौरीशंकरको उपाध्यक्षमा माओवादी उम्मेदवार दोब्बर मतले अगाडि 

सोमबार, मंसिर १७, २०८१

दोलखा- दोलखाको गौरीशंकर गाउँपालिकाको प्रारम्भिक मत गणनामा नेकपा माओवादी केन्द्रले अग्रता बनाएको छ । आइतबार भएको उपाध्यक्ष पदको उपनिर्वाचनको प्रारम्भिक मत गणनामा माओवादीकी उम्मेदवार निमलेकी शेर्पा करिब ४ सय मतान्तरले अघि छिन् ।

निमलेकीको पक्षमा ८ सय ९ मत प्राप्त भएको छ भने उनलाई एमालेकी उम्मेदवार उमा मगर शेर्पाले पछ्याइरहेकी छिन् । उनको पक्षमा ४ सय ४७ मत प्राप्त भएको छ । यस्तै नेपाली कांग्रेसकी उम्मेदवार पाशदिकी तामाङ शेर्पाको पक्षमा २ सय ४० मत प्राप्त भएको मुख्यम निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै गौरीशंकरमा रास्वपाको गोमा श्रेष्ठले १८ मत ल्याएकी छिन् । गौरीशंखर गाउँपालिकाका तत्कालीन उपाध्यक्ष श्यामसुन्दर तामाङको ३१ असार २०८० मा निधन भएको थियो । उनी नेपाली कांग्रेसको तर्फबाट गौरीशंखर गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका थि ए। उनको निधनपछि रिक्त रहेको उपाध्यक्ष पदमा उपनिर्वाचन भएको हो।

गौरीशंकरमा आइतबार उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा १५ हजार ७ सय १८ मतदातामा ७ हजार ५ सय ८९ मत खसेको थियो । उक्त पालिका उपाध्यक्ष बन्न राजनीतिक दलका र स्वतन्त्र गरी १६ जना उम्मेदवार चुनावी मैदानमा छन् । यसअघि कांग्रेसबाट निर्वाचित गौरीशंकरका उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयाघातका कारण निधन भएपछि त्यहाँ निर्वाचन भएको हो ।

०७९ को निर्वाचनमा गौरीशंकरको अध्यक्षमा माओवादीबाट विश्वास कार्की निर्वाचित हुँदा कांग्रेसबाट तामाङ विजयी भएका थिए। यहाँ कांग्रेस र माओवादीबीच तालमेल भएको थियो । कांग्रेसका तामाङले उपाध्यक्षमा ४ हजार ७ सय ४१ मत ल्याएर निर्वाचित हुँदा एमालेबाट उम्मेदवार बनेकी मुना शिवाकोटी केसीले ३ हजार २ सय ८१ मत ल्याएकी थिइन् ।
गत निर्वाचनमा प्राप्त मत नतिजा हेर्दा यहाँ माओवादी केन्द्र पहिलो शक्तिको रुपमा देखिन्छ । अध्यक्षसहित वडा नम्बर १, २, ३, ७ र ८ माओवादीले जितेको छ । कांग्रेसले ४, ६ र ९ जितेको छ भने एमालेका उम्मेदवारले ५ नम्बर वडामा मात्रै जित निकाल्न सकेका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १९:२७
प्रतिक्रिया दिनुहोस्