Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्थानिय तह उपनिर्वाचन : कांग्रेसका उम्मेदवार डंगोलले मतान्तर बढाउँदै, दुई वडाको गणना बाँकी

सोमबार, मंसिर १७, २०८१

काठमाडौं - कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले आफ्नो मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो परिणाम अनुसार उनले ४ हजार १ सय ८ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका सुरेन्द्र मानन्धरले ३ हजार १ सय ८ मत प्राप्त गरेको निर्वाचन अधिकृत इन्दिरा कार्कीले  जानकारी दिइन् ।

उनका अनुसार कीर्तिपुरका आठ वटा वडाको गणना सकिएको । १० वटा वडा रहेको यस नगरपालिकाको अब दुई वटा वडामात्रै गणना गर्न बाँकी रहेको कार्कीले बताइन् ।

यसअघि आयोगले दिएको विवरणमा कांग्रेसका डंगोल एमाले उम्मेदवार मानन्धरभन्दा ६ सय ५९ मतले अगाडि थिए ।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १९:३६
प्रतिक्रिया दिनुहोस्