Nic Ad Nic Ad
Nic Ad Nic Ad

यसरी विस्तार हुँदैछ त्रिभुवन अन्तर्राष्टिय विमानस्थल (फोटोफिचर)

मंगलबार, मंसिर १८, २०८१

काठमाडौं- पछिल्लो केही समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रातिको समयमा उडान भइरहेको छैन। गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा (राती १० बजे देखि बिहान ८ बजेसम्म) उडान बन्द गरेर ट्याक्सी वेसँगै इन्टरनेशनल एप्रोन र ह्याङ्गर एप्रोन विस्तारको काम भइरहेको छ।
8-1733195611.jpg
ट्याक्सी वे विस्तारको उद्देश्य विमानस्थलमा हुँदै आएको एयर ट्राफिक कन्जेशन २० प्रतिशतले कम गर्नु हो। जसका लागि अहिले रातिदेखि बिहानसम्म धमाधम काम भइरहेको छ।

रात्रीकालिन कामका लागि १०० जना भन्दा बढी जनशक्ति परिचालन भइरहेको नागरिक उड्डयन प्राधिकरण अन्तर्गत  हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक दीपेन्द्र श्रेष्ठले बताए।  

Photo-9-(2)-1733195878.jpeg

‘अहिले तीनवटा काम एकैपटक भइरहेको छ। दक्षिण पश्चिम तर्फ प्यारलल ट्याक्सी वेको काम भइरहेको छ। पुर्व तिर ह्याङगर डेभलोपमेन्टको काम भइरहेको छ,’ उनले भने,’उत्तर दक्षिण तर्फ इन्टरनेश्नल एप्रोन र ट्याक् वेको काम भइरहेको छ।’ यी तीनवटै काम रनवेबाट ७५ मिटर दुरी र ओपरेशन एरियासँग जोडिएको उनले जानकारी दिए।

77-1733195194.jpg
‘अहिले काम धमाधम भइरहेको छ। जमिन मुनिको काम हो। खनेर हेर्दा पानी निस्किएको अवस्थामा अतिरिक्त समयम लाग्ने हो। तर, अहिले सम्म त्यस्तो देखिएको छैन,’ उनले भने ,’१० फीट भन्दा बढी गहिरो खाल्डो खनेर विभिन्न चरणमा माटो हाल्दै पुर्दै कम्प्याक्सन गरिरहेका छौँ। ट्‍याक्सि वेको अन्तिम चरणमा कालोपत्रे गरिन्छ। एप्रोनमा ढलान गरिनेछ।’  

Photo-5-1733195867.jpeg

क्यानले एयर ट्राफिक कन्जेसन कम गर्नका लागि ट्याक्सी-वे विस्तार अगाडि बढाएको हो। धावन मार्गको मध्य भागबाट चारैतिर ७५ मिटर ट्याक्सी-वे विस्तारको काम भइरहेको छ। ७ वटा ट्याक्सी-वेलाई धावनमार्गसँग जोड्ने क्यानको तयारी छ।

Photo-8-(1)-1733195873.jpeg

ट्याक्सी वे विस्तारको काम एभिक इन्टरनेसनलले गरिरहेको छ। यो आयोजना सवा सात अर्ब लागतको हो। ट्याक्सी वे विस्तारको काम सकिएपछि धावन मार्गको क्षमता २० प्रतिशतले बढ्ने र एयर ट्राफिक कन्जेसन कम हुने भनिएको छ। 

Photo-5-1733195873.jpeg
9-1733196321.jpg
6-1733196321.jpg
 


 

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  ०८:५२
प्रतिक्रिया दिनुहोस्