एनपीएलः सुदूरपश्चिम रोयल्सले १०.३ ओभरमा ४ विकेट गुमाएर ६९ रन बनायो
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरर्गतको मंगलबारको पहिलो तथा क्रिकेट सिरिजको चौथो खेल त्रिवि किर्तिपुर मैदानमा जारी छ।
सुदूरपश्चिम रोयल्सले १०.३ ओभर सकिँदा ४ विकेटको क्षतिमा ६९ रन बनाएको छ।
टस जितेको बिराटनगर किङ्सले बलिङ रोजेपछि दीपेन्द्रसिंह ऐरी मार्की रहेको सुदूरपश्चिम ब्याटिङमा उत्रिएको थियो।
सुदूरपश्चिमका विनोद भण्डारी २३ रनमा आउट भएका हुन्। उनलाई विराटनगरका अनिल खरेलले आउट गरेका थिए। यसअघि अमित श्रेष्ठ १ रनमा आउट भए।
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१ ०९:५६
प्रतिक्रिया दिनुहोस्