NPL : इशान पाण्डे रन आउट भएपछि टाइगरसँगको बलियो साझेदारीमा धक्का, १७ ओभरमा सुदूरपश्चिमको १३८
काठमाडौं– जारी एनपीएल क्रिकेटमा बिराटनगर किङ्सले सुदूरपश्चिम रोयल्सको ६ औं विकेट ढालेपछि कप्तान दीपेन्द्रसिंह ऐरी उर्फ टाइगरसँग राम्रो साझेदारी गरिरहेका इशान पाण्डेले पिच छाड्नुपरेको छ।
बलियो साझेदारी गरिरहेका पाण्डे रन आउट भएका हुन्। दुवै जनाले ४९ रनको साझेदारी गरेका थिए। १३ ओभरको समाप्तिमा ८९ रन बनाएको सुदूरपश्चिमविरुद्ध विराटनगरले आक्रामक बलिङ गरिरहेको छ।
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१ १०:३०
प्रतिक्रिया दिनुहोस्