Nic Ad Nic Ad
Nic Ad Nic Ad

टाइगर चम्किए! एनपीएलको चौथो खेलमा अहिलेसम्मकै ठूलो लक्ष्य १८३, बिराटनगर किङसलाई कठिन चुनौती

मंगलबार, मंसिर १८, २०८१

काठमाडौं– २४ बलमा ५७ रनको सबैभन्दा छिटो अर्धशतकको खाता खोल्दै सुदूरपश्चिम रोयल्सका कप्तान टाइगर उर्फ दीपेन्द्रसिंह ऐरीले बिराटनगर किङ्सका लागि कठिन चुनौतीको लक्ष्य दिएका छन्।

रोयल्सले किङ्सका लागि एनपीएलको अहिलेसम्मकै सबैभन्दा ठूलो चुनौती १८३ रनको लक्ष्य दिएको हो। पहिलो खेलमा नै रोयल्सले भयानक लक्ष्य दिएको छ।

७ विकेटको क्षतिमा रोयल्सले यत्रो चुनौती दिएको हो।  

बिराटनगर किङ्सका कप्तान सन्दिप लामिछानेले २ खेल खेलिसक्दा पनि विकेट लिन सकेका छैन्। आज भएको सुदूरपश्चिम विरुद्धको खेलमा उनि विकेट विहिन भएका हुन्। 

उनले आज ४ ओभर गर्दै ३१ रन खर्चेका थिए। 

यसका साथै जनकपुर बोल्ट्ससँगको पहिलो खेल पनि उनि वकेट विहिन भएका थिए। उक्त खेलमा उनले ४ ओभर गर्दै ३० रन खर्चेका थिए।

बिराटनगर किङ्सले सुदूरपश्चिम रोयल्सको छैठौं विकेट ढालेपछि कप्तान दीपेन्द्रसिंह ऐरी उर्फ टाइगरसँग राम्रो साझेदारी गरिरहेका इशान पाण्डेले पिच छाड्नुपरेको थियो। तर, ऐरी रोकिएनन्।

पहिलो इनिङ्समा टस जितेर बिराटनगरले बलिङ रोजेको थियो।
 

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १०:४८
प्रतिक्रिया दिनुहोस्