न्युजिल्यान्डका अनुभवी ब्याटर मार्टिन गप्टिल सुदूरपश्चिमविरुद्ध गोल्डेन डकआउट
काठमाडौं - न्युजिल्यान्डका अनुभवी ब्याटर मार्टिन गप्टिल नेपाल प्रिमियर लिगको दोस्रो खेलमा गोल्डेन डकआउट (पहिलो बलमै) भएका छन् ।
उनलाई सुदूरपश्चिमका स्कटल गुकुलेइनले तेस्रो बलमै गोल्डेन डक आउट गरेका हुन् । उनी एनपिएल खेल्ने शिखर धवनपछिका दोस्रो ठूलो स्टार हुन् ।
मंगलबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै कीर्तिमानी १८३ रनको लक्ष्य दिएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१ ११:२१
प्रतिक्रिया दिनुहोस्