Nic Ad Nic Ad
Nic Ad Nic Ad

एनपीएलमा बिराटनगर किङ्ससँग सुदूरपश्चिम रोयल्सको ठूलो जित

मंगलबार, मंसिर १८, २०८१

काठमाडौं– जारी एनपीएलमा सुदूरपश्चिम रोयल्सले बिराटनगर किङ्गसलाई ९० रनले जित निकालेको छ। 

सुदूर पश्चिमले १७ ओभरको पहिलो बलमा क्रिस शोलकोे विकेटसँगै अल आउट गरी जम्मा ९२ रन दिएर चौथो खेललाई समाप्ति गरिदियो। 

२४ बलमा ५७ रनको सबैभन्दा छिटो अर्धशतकको खाता खोल्दै सुदूरपश्चिम रोयल्सका कप्तान टाइगर उर्फ दीपेन्द्रसिंह ऐरीले बिराटनगर किङ्सका लागि कठिन चुनौतीको लक्ष्य दिएका थिए। 

रोयल्सले किङ्सका लागि एनपीएलको अहिलेसम्मकै सबैभन्दा ठूलो चुनौती १८३ रनको लक्ष्य दिएको हो। पहिलो खेलमा नै रोयल्सले भयानक लक्ष्य दिएको थियो। 

७ विकेटको क्षतिमा रोयल्सले यत्रो चुनौती दिएको हो।  

बिराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले २ खेल खेलिसक्दा पनि विकेट लिन सकेका छैन्। आज भएको सुदूरपश्चिम विरुद्धको खेलमा उनि विकेट विहिन भएका हुन्। 

उनले आज ४ ओभर गर्दै ३१ रन खर्चेका थिए। 

यसका साथै जनकपुर बोल्ट्ससँगको पहिलो खेल पनि उनि वकेट विहिन भएका थिए। उक्त खेलमा उनले ४ ओभर गर्दै ३० रन खर्चेका थिए।

पहिलो इनिङ्समा टस जितेर बिराटनगरले बलिङ रोजेको थियो। तर उसले बलिङमा पनि राम्रो गरेन भने ब्याटिङ झनै झूर भयो। ओपनर मार्टिन गुप्टिल डगआउट हुनु नै बिराटनगरका लागि नराम्रो ब्याटिङको सुरुआत थियो। 

बिराटनगरको ब्याट नचल्दा सुदूरपश्चिमले पहिलो खेलमा नै ठूलो जित निकाल्न सफल भयो। 
 

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १२:१५
प्रतिक्रिया दिनुहोस्