एनपीएलको बेटिङ खेलाएको आरोपमा सीआईबीले किर्तिपुरबाट चार जनालाई समात्यो
काठमाडौ - नेपाल प्रिमियर लिग (एनपीएल)मा बेटिङ खेलाएको आरोपमा चार जना पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले चार जनालाई पक्राउ गरेको हो ।
सोमबार दुई जना र अहिले मंगलबार दुई जना गरी चार जनालाई पक्राउ गरिएको सीआईबीका एआईजी दीपक थापाले जानकारी दिए ।
हिजो पक्राउ परेका दुई जना भारतीय हुन् । आज पक्राउ परेका दुई जनालाई कार्यालयमा ल्याइँदैछ । उनीहरुको हकमा बुझ्न बाँकी छ’, एआईजी थापाले भने ।
एनपीएलमा सट्टेबाजी तथा बेटिङ हुने आशंकामा सीआईबीले एक एसपीको कमाण्डमा टोली नै खटाएर काम गरिरहको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१ १२:५४
प्रतिक्रिया दिनुहोस्