Nic Ad Nic Ad
Nic Ad Nic Ad

यु १९ एसिया कप : अफगानिस्तानले नेपाललाई दियो १२४ रनको लक्ष्य

मंगलबार, मंसिर १८, २०८१

काठमाडौं – युएईमा जारी यु १९ एसिया कप क्रिकेट प्रतियोगितामा अफगानिस्तानले नेपाललाई एक सय २४ रनको लक्ष्य दिएको छ ।

दुबईको सारजाह क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा अफगानिस्तानले टस जितेर पहिले बलिङ रोजेको अफगानिस्तानले ३५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय २३ रनको योगफल बनाएको हो ।

अफगानिस्तानका लागि फैसल खानले सर्वाधिक ५२ रन जोडे । उनले ६७ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै खातीर खानले २६ बलमा १५ जोडे । अल्लाह गजान्फरले ११ तथा नासिर खानले १० रन जोडे ।

नेपालका लागि युनिश विक्रम सिंह ठकुरी र सन्तोष यादवले समान ३ तथा हेमन्त धामी, अभिषेक तिवारीले समान २ विकेट लिए ।

नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रन र दोस्रो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो । अफगानिस्तान पहिलो खेलमा बङ्गलादेशसँग ४५ रन र दोस्रो खेलमा श्रीलंकासँग एक सय ३१ रनले पराजित भएको थियो । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १४:२५
प्रतिक्रिया दिनुहोस्