पोखरालाई ठूलो झड्का, ४ ओभर सुरुआतमा ५ विकेट गुमाउँदै जम्मा ७ रन
काठमाडौं– १६२ रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सलाई एनपीएलको पहिलो खेलमा ठूलो झड्का लागेको छ।
चितवन राइनोजविरुद्ध पोखरा एभेन्जर्सले खराब सुरुवात गरेको हो।
४ रन जोड्दा नै ३ विकेट गुमाएको पोखराले चार ओभरको सुरुआतमा जम्मा ७ रन जोड्दा थप ४ सहित ५ विकेट गुमाएको छ। कप्तान तथा ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भए।
पहिलो ओभरको पाँचौं बलमा दिलिप नाथ ४ र अन्तिम बलमा बास डे लिड शुन्य रनमा आउट भए। बलिङमा चितवनका शोहिल तान्भिरले ३ विकेट लिए।
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१ १५:०६
प्रतिक्रिया दिनुहोस्