बीआरआईबाहेकको चीनले ९ अर्ब अनुदान दिने, प्रधानमन्त्री ओलीसितको वार्तामा चीनका राष्ट्राध्यक्ष सीको घोषणा
काठमाडौँ- बीआरआईबाहेक चीनले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेको छ ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्टाध्यक्ष सी जिन फिनसँग मंगलबार भएको भेटमा सीले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए ।
यस्तै भेटमा सीले नेपालको विकास र समृद्धिमा चीनको बलियो साथ रहने प्रतिबद्धता जनाएको उनले बताए ।
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१ १९:१७
प्रतिक्रिया दिनुहोस्