Nic Ad Nic Ad
Nic Ad Nic Ad

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१औं वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न

मंगलबार, मंसिर १८, २०८१

काठमाडौं - हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१औं वार्षिकोत्सव विभिन्न उपलब्धिमूलक कार्यक्रम गर्दै सफलतापूर्वक सम्पन्न भएको छ।

काठमाडौंमा एका कार्यक्रमका बीच वार्षिकोत्सव सम्पन्न भएको हो।

हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिकोत्सवको अवसरमा आफ्नो विचार व्यक्त गर्दै प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले तीन दशकको यात्रामा नवीनता, पारदर्शिता र ग्राहक केन्द्रित सेवामा ध्यान दिँदै आएको बताए।

ग्राहकहरूलाई छिटो र विश्वसनीय सेवा प्रदान गर्दै नेपालको अर्थतन्त्र र पूर्वाधारको विकासमा योगदान पुर्याउनु आफूहरुको उदेश्य रहेको उनको भनाइ छ।

त्यसैगरी कम्पनीका फाउन्डिङ एमडी एवं अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले ३१ वर्षको महत्वपूर्ण उपलब्धि केवल समयको उत्सव मात्र नभएर कर्मचारीको अथक मेहनत र समर्पणको प्रमाण हो भएको बताए।

वार्षिकोत्सवको अवसरमा इन्स्योरेन्सले आगामी वर्षहरूमा थप नयाँ प्रविधिले बीमा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने योजना बनाएको छ।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १७:४१
प्रतिक्रिया दिनुहोस्