नेभिगेशन
समाज विविध

सडकमा फोहोर बाल्नेलाई महानगरले तिरायो जरिवाना

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले सडकमा फोहोर बाल्ने र सडक सफा नगर्नेलाई जरिवाना तिराएको छ ।

महानगरको वडा-२९ अनामनगरमा फोहोर मैला बालेको भन्दै राजकुमार राउतलाई १० हजार रुपैयाँ जरिवाना लिएको हो । राउतलाई महानगर प्रहरी बल जरिवाना गरेको हो ।

यस्तै काठमाडौँ महानगरपालिका(२६ क्षेत्रको सरसफाइको ठेक्का लिई ईसीआई नेपालले सडकपेटी सफा नगरेको भन्दै महानगर प्रहरी बलले ५० हजार रुपैयाँ जरिवाना गराएको छ ।

पछिल्लो समय काठमाडौँ महानगर सडकमा फोहोर फ्याँक्‍ने, बाल्ने र सफा नगर्नेहरूमाथि कडा अनुगमन गरी जरिवाना गराउँदै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा