नेभिगेशन
सुरक्षा–अपराध

गोली चलाएर ६९० किलो गाँजा प्रहरीले नियन्त्रणमा लियो

काठमाडौं– सुनसरीमा प्रहरीले गोली चलाएर ६९० किलो गाँजासहित दुई गाडी नियन्त्रणमा लिएको छ। 

धनकुटाबाट धरानतिर आउँदै गरेको दुई वटा गाडी नियन्त्रणमा लिन धरानमा चार राउन्ड गोली चलाउनु परेको थियो। 

दुई गाडीका चालक मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध