Nic Ad Nic Ad
Nic Ad Nic Ad

NPL : काठमाडौं गोर्खाजको पहिलो जित, शिखर धवनको अर्ध शतकबीच कर्णाली याक्सको दोस्रो पराजय

बुधबार, मंसिर १९, २०८१

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्स र काठमाडौं गोर्खाजबीचको खेल रोमाञ्चक बनेको छ। काठमाडौंले ३ बल बाँकी छँदै ३ विकेटको जित्यो। 

कर्णाली याक्सले पहिला ब्याटिङ गर्दै २० ओभरमा ५ विकेटको क्षतिमा १४९ रन बनायो। शिखर धवनले उत्कृष्ट प्रदर्शन गर्दै ५१ बलमा ७२ रनको महत्वपूर्ण योगदान दिए। उनले ४ चौका र ५ छक्का प्रहार गरे।

चाडविक वाल्टनले  १५ बलमा २१ रन बनाए। यस्तै बाबर हयातले १८ बलमा १३ रन, गुल्सन झाले १९ बलमा १२ रन बनाए भने अर्जुन घर्तीले ३ बलमा ४ रन मात्र बनाए। 

जिशान मकसुद ११ बलमा १४ रन (नट आउट) रहे। 

यता, काठमाडौंका करण केसी र एरास्मसले उत्कृष्ट बलिङ गर्दै २–२ विकेट लिए।

१५० रनको लक्ष्य पछ्याउँदै काठमाडौंले १९.३ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य भेट्यो। सुमित महर्जनले ३७ बलमा ४० रन बनाए भने गेरहार्ड एरास्मसले २८ बलमा ३८ रन जोडे।

अन्तिमतिर करण केसीले १० बलमा २८ रन बनाएर जित सुनिश्चित गरे। उनले २ चौका र २ छक्का प्रहार गरे।

यसैगरी, शंकर रानाले ७ बलमा ६ रन, माइकल लेविटले १९ बलमा २२ रन, भीम सार्कीले १० बलमा ९ रन जोडे। 

कर्णालीका गुल्सन झा, कप्तान सोमपाल कामी, र यादवले १–१ विकेट लिए।

काठमाडौं गोर्खाजले यो खेल ३ विकेटले जित्दै महत्वपूर्ण २ अंक जोडेको छ। उसको यो दोस्रो खेलको पहिलो जित हो भने कर्णाली याक्सको दोस्रो पराजय। 

शिखर धवन अर्धशतक बनाउन सके पनि कर्णालीका लागि खेल नतिजा सुखद रहेन।
 

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १२:४३
प्रतिक्रिया दिनुहोस्