Nic Ad Nic Ad
Nic Ad Nic Ad

बीआरआई फ्रेमवर्कमा नेपाल र चीनबीच हस्ताक्षर

बुधबार, मंसिर १९, २०८१

नेपाल र चीनका उच्च अधिकारीहरूबीच चलेको अनौपचारिक दुई दिने वार्तापछि प्रधानमन्त्री केपी शर्मा ओलीकै चीन भ्रमणका क्रममा ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा हस्ताक्षर भएको छ। 

प्रधानमन्त्रीको सचिवालयले हस्ताक्षर सम्पन्न भएको जानकारी दिएको छ। 

योसँगै अब नेपालले चीनले अघि बढाएको र सन् २०१७ मा हस्ताक्षर गरेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लाई आधिकारित रुपमा अघि बढाउने पक्का भएको छ।

‘अनुदान’ शब्द राख्ने कि नराख्ने भन्ने विषयमा मत नमिलेपछि सोमबार नेपालका प्रधानमन्त्री ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीचको द्विपक्षीय वार्तालगत्तै हुन नसकेको उक्त फ्रेमवर्कमाथि मंगलबार फेरि हस्ताक्षर भएको हो।

चिनियाँ पक्षसँगको सहमतिका लागि भ्रमण दलमा रहेका प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाकार र परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालको तर्फबाट संवाद गरेका थिए। चिनियाँतर्फबाट भने विदेश मन्त्रालयका उच्च अधिकारीहरू सामेल थिए।
 

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १३:१७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार