Nic Ad Nic Ad
Nic Ad Nic Ad

दक्षिण कोरियाली राष्ट्रपति युन सुकविरुद्ध महाअभियोग प्रस्ताप पेश

बुधबार, मंसिर १९, २०८१

काठमाडौं– दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलविरुद्ध महाअभियोग प्रस्ताव पेश भएको छ। 

दक्षिण कोरियामा सैन्य शासन लागू गर्ने असफल प्रयासपछि राष्ट्रपतिविरुद्ध सांसदहरुले यस्तो प्रस्ताव पेश गरेका हुन्। 

प्रमुख प्रतिपक्षी दल डेमोक्रेटिक पार्टी (डीपीके) सहित ६ विपक्षी दलले राष्ट्रपति योलविरुद्ध महाभियोगको प्रस्ताव पेश गरेको द कोरिया टाइम्सले जनाएको छ। 

शुक्रबार बिहानै अविश्वासको प्रस्तावमा मतदान गर्ने तयारी रहेको भनिएको छ ।

मंगलबार स्थानीय समयअनुसार राति १०ः२३ बजे राष्ट्रपति योलले देशविराधी तत्वलाई तह गराउन भन्दै सैन्य शासन लागू गरिएको बताएका थिए। 

उनले टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै उत्तर कोरियाका कम्युनिष्ट बलबाट देशको सुरक्षा गर्न यो कदम जरुरी भएको जिकिर गरेका थिए।
 

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १५:४५
प्रतिक्रिया दिनुहोस्