Nic Ad Nic Ad
Nic Ad Nic Ad

त्रिवि मैदानमा रनको भिषण बर्षा, एनपीएलको हालसम्मकै सबैभन्दा ठूलो लक्ष्यलाई बिराटनगरले यसरी भेट्टायो

बुधबार, मंसिर १९, २०८१

काठमाडौं– लुम्बिनी लायन्सले दिएको १९२ को लक्ष्य भेट्टाउँदै एनपिएलमा  विराटनगर किंग्सको रोमाञ्चक जित भएको छ। 

रोमाञ्चक खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गरेको छ। १९२ रनको लक्ष्य पछ्याउँदै, किंग्सले अन्तिम ओभरमा खेल जित्यो।

टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनी लायन्सले २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रनको बलियो स्कोर खडा गरेको थियो। 

कप्तान रोहित पौडेलले २९ बलमा ४६ रन बनाएर टोलीलाई मजबुत स्थितिमा लगेका थिए। 

टम मोर्सले १७ बलमा ३० रन बनाउँदै इनिङ्सलाई गति दिएका थिए।

अशुतोष घिरैया (१५), अर्जुन साउद (१७) र सन्दीप जोरा (१२) ले मझौला प्रदर्शन गरे।

बिबेक यादवले मात्र ७ बलमा ३ छक्का सहित अविजित १९ रन बनाएर अन्तिम ओभरमा स्कोरलाई १९१ रन बनाए। 

विराटनगरका बलरहरूमध्ये सन्दीप लामिछाने, इस्मत आलम, राजेश पुलामी, र साद बिन जफरले एक–एक विकेट लिए।

१९२ रनको लक्ष्य पछ्याउन उत्रिएको विराटनगर किंग्सको सुरुआत भने राम्रो हुन सकेन। पहिलो ओभरमै इस्मत आलम शून्य रनमा आउट भए।

विकेटकिपर लोकेश बमले ४७ बलमा ७१ रनको उत्कृष्ट इनिङ्स खेलेर टोलीलाई जितको आधार बनाए। उनले ३ चौका र ६ छक्का प्रहार गरे। उनी एनपिएलकै उच्च स्कोर बनाउने अहिलेसम्मका खेलाडी हुन्। 

मार्टिन गुप्टिलले १७ बलमा २८ रन बनाए।

बसिर अहमदले २३ बलमा ४० रनको तेज तर्रार इनिङ्स खेले।

तर अन्तिम ओभरसम्म खेल रोमाञ्चक बनेको थियो। क्रिस सोलले मात्र ४ बलमा १४ रन बनाउँदै खेल जिताए।
 

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १६:३७
प्रतिक्रिया दिनुहोस्