Nic Ad Nic Ad
Nic Ad Nic Ad

माओवादी पदाधिकारी बैठक बस्दै

बिहीबार, मंसिर २०, २०८१

काठमाडौं– नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान साढे ८ बजे आफ्नै निवास खुमलटारमा बस्ने गरी बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ ।

बैठकमा स्थानीय तह उपनिर्वाचन, पार्टीको केन्द्रीय समिति बैठकको तयारी, भ्रातृ संगठन अखिल क्रान्तिकारीको स्थगित २३औँ राष्ट्रिय सम्मेलन लगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  ०७:२६
प्रतिक्रिया दिनुहोस्