Nic Ad Nic Ad
Nic Ad Nic Ad

शिक्षा समितिको बैठक बस्दै

बिहीबार, मंसिर २०, २०८१

काठमाडौ- सङ्घीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ ।

बैठक दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा सूचनामा नागरिकको पहुँचका लागि आयोगले खेलेको भूमिका, समस्या तथा चुनौती र भावी कार्यादेशका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

बुधबारको बैठकमा समिति सदस्यहरूले शिक्षा विधेयकमा आवश्यकताअनुसार विद्यालयहरू मर्ज गर्नसक्ने अधिकार स्थानीय तहलाई दिने व्यवस्था राख्नुपर्ने सांसदहरूले धारणा राखेका थिए ।

पछिल्लो समय विद्यालयहरू धेरै हुने तर विद्यालयमा विद्यार्थी नहुने अवस्था सिर्जना भएको भन्दै स्थानीय तहले आवश्यकतालाई हेरेर विद्यालय मर्ज गर्नसक्ने विषय समावेश गरिनुपर्ने उनीहरूको भनाइ थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  ०८:२९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार