Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज विश्व माटो दिवस मनाइँदै

बिहीबार, मंसिर २०, २०८१

काठमाडौँ- विश्व माटो दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

‘माटोको सुधार: परीक्षण, रेखदेख र उपचार’ नाराका साथ दिवस मनाउन लागिएको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले जनाएको छ ।

संयुक्त राष्ट्र संघ अन्तर्गतको खाद्य तथा कृषि संगठन (एफएओ) को सिफारिसमा संयुक्त राष्ट्र संघको ६८ औँ महासभाको निर्णयले सन् २०१३ डिसेम्बर ५ देखि यो दिवस मनाउन सुरु गरिएको हो ।

नेपालमा सन् २०१४ डिसेम्बर ५ देखि औपचारिक रूपमा यो दिवस मनाउन सुरु गरिएको थियो ।

माटो दिवस नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र, कृषि विभाग, नेपाल माटो समाज, अन्तर्राष्ट्रिय गहुँ तथा मकै सुधार केन्द्रले संयुक्त रूपमा मनाउन लागिएको जनाइएको छ ।

नेपालमा भने काभ्रेको पाँचखालमा घुम्ती माटो परीक्षण प्रयोगशालाबाट स्थलगत माटो परीक्षणको औपचारिक सुरुवात गरी विश्व माटो दिवस मनाउन सुरु गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १३:२२
प्रतिक्रिया दिनुहोस्