NPL : पहिलो इनिङ्समा सुदूरपश्चिम रोयल्सको उत्कृष्ट सुरुआत तर संकट पनि छ
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विहीबार जारी दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमान्डू गुर्खाजविरुद्ध टस गुमाउँदै पहिले ब्याटिङ गरिरहेको छ। सुरुवाती झट्का खेप्दै १७ रनमा पहिलो विकेट गुमाएपछि, टोलीलाई ओपनर ब्राण्डन म्याकमुलन र बिनोद भण्डारीको जोडीले सम्हालेका छन्।
ब्राण्डन म्याकमुलनले ३३ बलमा ५२ रनको विस्फोटक इनिङ्स खेल्दै टोलीलाई ठोस आधार प्रदान गरेका छन्। उनले ३ चौका र ४ छक्का प्रहार गर्दै स्ट्राइक रेट १५७.५७ कायम गरेका छन्।
बिनोद भण्डारीः आक्रमक रूपमा अघि बढ्दै २५ बलमा ३३ रन बनाएका छन्। उनको इनिङ्समा २ चौका र २ छक्का सामेल छन्। उनले १३२.०० को स्ट्राइक रेटमा खेलिरहेका छन्।
काठमान्डू गुर्खाजका बलरहरूले पहिलो सफलता छिट्टै पाएका भए पनि त्यसपछि विकेट लिने प्रयासमा संघर्ष गरिरहेका छन्।
माइकल लेभिटले २ ओभरमा १७ रन खर्चेर विकेटविहीन रहेका छन्।
गेरहार्ड इरास्मसः हालै बलिङमा आएका उनले पहिलो बलमै १ रन दिएका छन्। तर १० ओभरपछि काठमान्डूको बलिङ राम्रो छ। तीन विकेट लिइसकेको छ।