Nic Ad Nic Ad
Nic Ad Nic Ad

एनपीएलमा कम बलमा अर्ध शतक बनाउने खेलाडीको १ नम्बरमा ऐरी अन्तिममा शिखर धवन 

बिहीबार, मंसिर २०, २०८१

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ मा दीपेन्द्रसिंह ऐरीले केवल २३ बलमा अर्धशतक पूरा गर्दै प्रतियोगिताको अहिलेसम्मकै सबैभन्दा छिटो अर्धशतक बनाएका छन्। 

यो उपलब्धि हासिल गर्दै उनले न केवल आफ्नो टीम सुदूरपश्चिम रोयल्सलाई फाइदा गराएका छन् तर व्यक्तिगत रूपमा पनि एक ऐतिहासिक कीर्तिमान स्थापित गरे।

यो कीर्तिमानसँगै दीपेन्द्रसिंह ऐरीले आफ्नो उत्कृष्ट प्रदर्शनलाई फेरि एकपटक प्रमाणित गरेका छन्। 

सुदूरपश्चिम रोयल्सका लागि उनी महत्वपूर्ण खेलाडीका रूपमा उदाएका छन् र उनको यो इनिङ्सले टोलीलाई ठूलो स्कोर बनाउने दिशामा पु¥याउने सम्भावना देखिएको छ।

उनको उत्कृष्ट फर्म र आक्रामक ब्याटिङले अन्य टोलीका लागि चुनौती बढाएको छ। अब यो लिगमा कुनै अन्य खेलाडीले यो कीर्तिमान तोड्न सक्ने हो वा होइन भन्ने कुरा हेर्न बाँकी नै छ।

नेपाल प्रिमियर लिग २०२४ मा दीपेन्द्रसिंह ऐरीको यो प्रदर्शनले फ्यानहरूबीच उत्साह बढाएको छ, र सुदूरपश्चिम रोयल्सका समर्थकहरूका लागि यो विशेष क्षण बनेको छ। 

धेरै नै आशावादी बनाइएका भारतीय राष्ट्रिय क्रिकेटका ओपनर तथा कर्णाली याक्सका शिखर धवन भने अन्तिम सूचीमा छन्। उनी ७ जना मध्य धेरै बलमा ५० रन बनाउनेमा पर्छन्। 

यस्तो छ सूची

50-1733388012.jpg

 

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १४:२७
प्रतिक्रिया दिनुहोस्