Nic Ad Nic Ad
Nic Ad Nic Ad

एनपीएलः सुदूरपश्चिम रोयल्सको चुनौतीपूर्ण स्कोर, काठमान्डू गुर्खाजलाई १६८ रनको लक्ष्य

बिहीबार, मंसिर २०, २०८१

काठमाडौं– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को ९औं खेलमा सुदूरपश्चिम रोयल्सले काठमान्डू गुर्खाजलाई १६८ रनको चुनौती दिएको छ। 

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनायो।

सुदूरपश्चिमले सुरुवातमा केही झट्का खाए पनि कप्तान दीपेन्द्र सिंह ऐरी र ब्रान्डन म्याकमुलनको उत्कृष्ट प्रदर्शनले टोलीलाई प्रतिस्पर्धात्मक स्कोर बनाउन सफल बनायो। 

यद्यपि गुर्खाजको हिजोको प्रदर्शनका अगाडि यो असाधारण स्कोर भने होइन। 

ब्रान्डन म्याकमुलनले ३६ बलमा ५३ रन बनाउँदै उच्च स्कोरर रहे। उनले ३ चौका र ४ छक्का प्रहार गर्दै १४७.२२ को स्ट्राइक रेटमा खेले।

दीपेन्द्रसिंह ऐरीले २५ बलमा ४३ रन बनाएर आक्रमक इनिङ्स खेले। उनको स्ट्राइक रेट १७२.०० रहेको थियो। उनले ३ चौका र २ छक्का प्रहार गरे।

बिनोद भण्डारी २८ बलमा ३५ रन बनाएर फर्किए। उनले २ चौका र २ छक्का प्रहार गर्दै मध्यमक्रममा महत्वपूर्ण योगदान दिए। अन्य ब्याट्सम्यानहरूले भने उल्लेखनीय योगदान दिन सकेनन्।

काठमान्डू गुर्खाजका बलरहरूले मिश्रित प्रदर्शन गरे। राशिद खान र शाहाब आलमले सन्तोषजनक बलिङ गर्दै महत्त्वपूर्ण विकेट लिएका थिए।

राशिद खानले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए। उनको इकोनोमी ५.०० रहेको थियो। करण केसीले ४ ओभरमा ४० रन दिएर १ विकेट लिए।

शाहाब आलमले ४ ओभरमा २८ रन दिएर १ विकेट लिए। गेरहार्ड इरास्मस २ ओभरमा ९ रन खर्चेर १ विकेट लिएर सबैभन्दा किफायती बलर साबित भए।

नथान साउटर ३ ओभरमा ३४ रन दिएर विकेटविहीन रहे। माइकल लेभिटले ३ ओभरमा ३२ रन खर्चिए।
 

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १४:५०
प्रतिक्रिया दिनुहोस्