कर्तव्य ज्यान मुद्धामा फरार प्रतिवादी १५ वर्षपछि पक्राउ
काठमाडौँ- कर्तव्य ज्यान मुद्धामा फरार प्रतिवादी १५ वर्षपछि पक्राउ परेका छन् ।
२०६७ साल असोज २० गते दोलखाको गैरीमुदी गाविस-३ का वीरबहादुर तामाङको हत्या गरी फरार रहेकी कमला गोले तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज काठमाडौँको गोकर्णेश्वरबाट पक्राउ गरेको हो ।
निज गोलेले वीरबहादुरलाई खुकुरी प्रहार गरी हत्या गरेको मुद्दामा सर्वोच्च अदालतले २०७२ साल भदौ ११ गते १२ वर्ष कैद ठहर गरेको थियो ।
दोलखाको वैतेश्वर गाउँपालिका-१ बस्ने ४७ वर्षीया कमला कर्तव्यलगत्तै फरार भएकी प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१ १७:५६
प्रतिक्रिया दिनुहोस्