सर्बिया पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ
काठमाडौँ- सर्बियामा आकर्षक तलब पाउने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछापको लिखुतामाकोसी गाउँपालिका-३ बिजुलीकोट घर भई काभ्रेको बनेपा नगरपालिका-९ नयाँबस्ती बस्ने ३४ वर्षीय उखिल बम्जन र कैलालीको टिकापुर नगरपालिका-१ घर भई हाल काठमाडौँको महानगरपालिका-१० बुद्धनगरमा बस्ने २६ वर्षीय कमल रावल रहेका छन् ।
प्रहरीका अनुसार बम्जनलाई काठमाडौँ-९ पिङ्गलास्थानबाट बुधबार र रावललाई ताहाचालबाट बिहीबार नियन्त्रणमा लिइएको हो ।
बम्जनले पीडितसँग १ लाख ४० हजार र रावलले १ लाख ५० हजार रुपैयाँ असुली गरेको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१ १८:२३
प्रतिक्रिया दिनुहोस्