भुटानका राजा करिब ५ घण्टा काठमाडौँमा रहने
काठमाडौँ- भोलि (शुक्रबार)नेपाल आउन लागेका भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक र रानी तेत्सुन पेमा वाङचुकले स्वयम्भु र बौद्धनाथको मन्दिरको दर्शन गर्ने भएका छन् ।
भारत भ्रमण सकेर फर्किने क्रममा उनीहरू करिब ५ घण्टा नेपालमा रहने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । त्यसक्रममा उनीहरूले स्वयम्भु र बौद्धनाथको मन्दिर दर्शन गर्ने तयारी रहेको बताइएको छ ।
यसको सुरक्षा प्रबन्ध मिलाइसकिएको परराष्ट स्रोतले बताएको छ । स्रोतका अनुसार, बिहान करिब १० बजेतिर काठमाडौँ ओर्लिएलगत्तै उनीहरूको अनौपचारिक भ्रमण सुरु हुनेछ । यो भ्रमणका दौरान कुनै औपचारिक भेटघाट भने हुने छैन ।
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१ २०:१०
प्रतिक्रिया दिनुहोस्