Nic Ad Nic Ad
Nic Ad Nic Ad

विवाहपञ्चमी महोत्सवको पाँचौँ दिन आज जानकीको मटकोर सम्पन्न

बिहीबार, मंसिर २०, २०८१

काठमाडौँ- सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौँ दिन आज जानकीको मटकोर सम्पन्न भएको छ ।

जानकी मन्दिरबाट बाजागाजासहित पुगेर जनकपुरधामको ऐतिहासिक गंगासागरमा भव्यतापूर्वक जानकीको मटकोर सम्पन्न गरिएको हो ।

मिथिलाको परम्परा अनुसार जानकीको मटकोर विधि भएको हो । प्रतीकात्मक बालबालिकालाई बनाइएको जानकीलाई मटकोर गरिन्छ ।त्यहाँ उपस्थित संयौ नरनारीले मटकोर गीत गाएर रमाएका थिए ।

सो अवसरमा गंगासागरमा नित्यदिन साँझ हुने गंगा महा आरती दिउँसै नै भएको छ । मटकोर अब्लोकन गर्न हजारौँ श्रद्धालुको भीड लागेको थियो ।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको छैटौँ दिन भोली शुक्रबार जनकपुरमा भगवान् राम र जानकीको डोला फेर गरी सोयम्बर गरी विवाहको काज हुने छ ।

मंसिर १६ गतेबाट विधिवत सुरु भएको सीताराम विवाहपञ्चमीको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिल्कोत्सव सम्पन्न भइसकेको छ ।

भोलि विवाहपञ्चमी र शनिबार अयोध्याबाट जन्ती आएका साधुशन्तको बिदाइ अर्थात् राम कलेवा गरी विवाहपञ्चमी महोत्सव विधिवत सम्पन्न हुने छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  २०:२९
प्रतिक्रिया दिनुहोस्