Nic Ad Nic Ad
Nic Ad Nic Ad

वाइडबडी विमान खरिदमा चार जना दोषी ठहर

बिहीबार, मंसिर २०, २०८१

काठमाडौं - विशेष अदालतले नेपाल वायु सेवा निगमका २ वटा वाइडबडी जहाज खरिद गर्दा भ्रष्टाचार भएकाे ठहर गरेकाे छ ।

अदालतले निगमका तत्कालीन कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकार​, शंकरप्रसाद अधिकारी, शिशिर कुमार ढुङ्गाना र बुद्धिसागर लामिछानेलाई दोषी ठहर गरेको हाे ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले बिहीबार वाइडबडी भ्रष्टाचार प्रकरणमा दोषीत्र ठहर गरेको हो ।

निगमका २ वटा वाइडबडी जहाज खरिद गर्दा १ अर्ब ४७ करोड रुपैयाँ नै भ्रष्टाचार भएको अदालतले ठहर गरेको छ । उक्त रकम दामासाहीले बिगो असुल्नुपर्ने फैसलामा उल्लेख गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको भन्दै २०८० चैत २२ गते विशेष अदालतमा ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अदालतले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीसहितका आरोपितलाई सफाइ दिएको छ 

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  ०६:१४
प्रतिक्रिया दिनुहोस्