Nic Ad Nic Ad
Nic Ad Nic Ad

वीरगञ्ज भन्सारबाट लक्ष्यअनुसार राजस्व उठेन

शुक्रबार, मंसिर २१, २०८१

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा ४९ अर्ब ९२ करोड राजस्व संकलन गरेको छ । कार्यालयलाई यो अवधिमा रु ७० अर्ब ४४ करोड संकलन गर्ने लक्ष्य भन्सार विभागले निर्धारण गरेको थियो ।

प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार असोज र कात्तिकमा धेरै सार्वजनिक बिदा भएकाले लक्ष्य प्राप्त गर्न कठिन भएको हो । यो कार्यालयमा ७० प्रतिशत राजस्व पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र  सवारीसाधन आयातबाट प्राप्त हुने गरेको छ।

कार्यालयले गत साउनमा रु १२ अर्ब १६ करोड, भदौमा १३ अर्ब २३ करोड, असोजमा १३ अर्ब ४७ करोड  कात्तिकमा ११ अर्ब चार करोड राजस्व संकलन गरेको थियो । गत आवको सोही अवधिमा ४९ अर्ब १८ करोड ३२ लाख ४३ संकलन भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १०:१६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार