Nic Ad Nic Ad
Nic Ad Nic Ad

तीन करोड लागतमा सभाहल निर्माण

शुक्रबार, मंसिर २१, २०८१

दमौली– म्याग्दे गाउँपालिका–३ बेल्टारस्थित ठूलो बगैँचामा गाउँपालिकाको तीन करोड लगानीमा सात सय दर्शक क्षमताको सभाहल निर्माण भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार सभाहल निर्माणका लागि स्थानीय सरस्वती घिमिरेले आधा रोपनी जग्गा निःशुल्क प्रदान गरेका हुन् ।

सभाहलको निर्माण गत असारमा पूरा भएको हो । आज त्यसको औपचारिक उद्घाटन हुँदै छ । अब गाउँपालिकाले कार्यक्रम गर्न अन्यत्र पेक्षालयको व्यवस्था गर्नुपर्ने छैन । साथै अन्य सङ्घसंस्थालाई पनि कार्यक्रम गर्न सहज हुनेछ ।


 

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १०:२७
प्रतिक्रिया दिनुहोस्